Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जङ्गल जोगाउन ग्यास वितरण

gas-1621670401.jpg

डोल्पा । दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ ।

दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए ।

सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ । सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताउनुभयो । उहाँले रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको जानकारी दिए । वनजङ्गल संरक्षण तथा धुवाँधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ ।

अत्यधिक चिसो हुने यस ठाउँमा दाउराबाट आगो बाल्न मुश्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको बताएको छ ।

ग्यास सिलिण्डर नेपालगञ्जबाट खरिद गरी जाजरकोट हुँदै डोल्पासम्म गाडीमा ढुवानी गरिएको हो । दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गरिएको थियो । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको छ । रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०