Tuesday, 25th August, 2026
वि.स.

जङ्गली जनावरलाई थापेको करेन्टको धरापमा परेर दाजुभाइको ज्यान गयो, बुबा गम्भीर घाइते

333-1596448971.jpg

 जङ्गली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गएको छ । 

ज्यान जानेमा घोराही उपमहानगरपालिका १ को हर्नोकका दिलबहादुर रावतका छोराहरु १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुर रहेका छन् ।

बारीमा लगाइएको मकै बाली खाएर हैरान बनाएपछि जङ्गली जनावरलाई लक्षित गरेर थापेको करेन्टमा परेर दुवै बालकको सोमबार बिहान ज्यान गएको हो । दुई बालकका बुवा दिलबहादुर रावत करेन्ट लागेर घाइते हुनु भएको छ ।

जनै पूर्णिमाका दिन मकै चढाउन भनेर बारीमा मकै लिन गएका बेला दुवै बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर छोराहरु चिच्याएपछि मकै बारीमा गएका बुवा दिलबहादुरलाई पनि करेन्ट लागेको हो ।  

दिलबहादुरको अवस्था गम्भीर रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif