Monday, 5th October, 2026
वि.स.

जघन्यमा मिलापत्रले दोषी हौसिदैछ–प्रधान्याधिस कार्की

समाजमा हुने जघन्य अपराधहरुलाई पनि गाउँमै मिलापत्र गर्ने प्रचलनले दोषीहरुले थप हौस्याएको सर्वोच्च अदालतकी प्रधान न्यायधिस सुशीला कार्कीले बताएकी छिन् । क्षणिक कार्बाही गरिए जस्तो भए पनि पीडितहरु थप पीडामा पर्ने न्यायधिस काकीृको दाबी थियो ।

कार्कीले प्रहरी, सरकारी वकील, न्यायधीश तथा सरोकारवाला राज्यको निकायहरुले पीडितलाई न्याय  दिलाउने मनायस राखे नेपालको न्याय प्रणाली नमुना लायक हुने उल्लेख गरिन् । २७ मंसीरमा हेटौँडामा भएको न्यायमा पहुँच अभिवृद्धिको लागि सरोकारवालाहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै प्रधानन्यायधीश कार्कीले अदातलको काम भनेको प्राप्त प्रमाणको आधारमा फैसला गर्ने रहेको बताउँदै राज्यको पहुँचबाट समेत टाढा रहेका पीडितलाई न्याय दिनको लागि सबै मिलेर काम गर्नुपर्ने समय आएको बताइन् । 

कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलले न्याय बिना दिगो शान्तिको परिकल्पना गर्न नसकिने बताए । न्यायलाई अदातसँग मात्र जोडेर हेर्न नमिल्ने बताउँदै उनले समाज विकासको लागि सामजिक न्याय ब्यवस्था अत्यन्तै जरुरी रहेको बताए । 

उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायधिश बाबुराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मध्यमाञ्चल क्षत्रीय प्रशासक विनोद केसी, न्यायधीश नागेन्द्रलाभ कर्ण, प्रमुख जिल्ला अधिकारी नारायणशर्मा दुबेडीलगायतकाको उपस्थिती थियो ।