Sunday, 16th August, 2026
वि.स.

छोरी जन्मेको खुसियालीमा विपन्नलाई न्यानो कपडा वितरण

chhori-1730784791.jpg

२० कात्तिक, जनकपुरधाम । छोरी जन्मेको खुसियालीमा धनुषाका एक परिवारले विपन्नहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।

दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा बटेश्वर गाउँपालिका(१ चित्रपुरका मनोजकुमार महतो र रेखाकुमारीले सोमबार १७३ विपन्न परिवारलाई फाइवर सिरक वितरण गरेका हुन् ।

नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोको हातबाट न्यानो कपडा वितरणको उदघाटन गरिएको थियो ।

छठिहारको अवसरमा जाडोबाट जोगिन बटेश्वर गाउँपालिकाका(१ भित्रका १७३ परिवारलाई न्यानो वितरण गरिएको महतोले बताए ।

छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न नातिनी जन्मेको खुसीमा न्यानो वितरणसँगै साधुशन्तको भण्डारा ९भोज० समेत आयोजन गरिएको हजुरबुबा रामचन्द्र महतोको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०