Tuesday, 25th August, 2026
वि.स.

छोराद्वारा आफ्नै आमाबुबालाई चक्कु प्रहार

xura-1599371083.jpg

चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षी श्री तामाङले आफ्नै बाबु आमालाई चक्कु प्रहार गरेका छन् । शनिवार राति मापसे गरेर छोराले चक्कु प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाएको बताइएको छ । 

चक्कु हान्ने श्री तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ । दम्पत्तिको गर्दनदेखि कानसम्म चोट लागेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif