Friday, 3rd July, 2026
वि.स.

छठपछि हेटौंडाबाट लाइसेन्स बितरणको तयारी

yatayat-office-hetauda-1605075466.jpg

२०७६ साल पुस २६ गतेबाट हेटौंडामा बागमती प्रदेश स्तरीय यातयात सेवा कार्यालय संचालनमा आएपछि सेवाग्राहीको चाप बढेको छ । कार्यालयले सवारी चालक अनुमति पत्र बितरण लगायतका कार्य संचालन गर्न थालेपछि सेवाग्राहीहरुको चाप बढेको हो । हाल दैनिक एक सयको हाराहारीमा सेवाग्राहीहरु सेवा लिन आइरहेको बागमती प्रदेशको यातयात सेवा कार्यालयका प्रमुख भक्त भण्डारीले जानकारी दिए ।

कोरोनाले अन्य क्षेत्रमा जस्तै यातयात क्षेत्रमा पनि असर पारेको भएपनि हाल भने कुनै समस्या सेवा प्रवाहमा नभएको बागामती प्रदेशको यातयात सेवा कार्यालयका प्रमुख भण्डारीले बताए । अहिले सवारी चालक अनुमति पत्र बितरण कार्य रोकिएको र छठपछि पुनः बितरणको काम सुरु गर्ने प्रमुख भण्डारीले जानकारी दिए । उनले सवारी चालक अनुमति पत्र बितरणका लागि आफूहरुले संघीय सरकारसँग अनुमति माग गर्ने तयारी गरिरहेकोको बताए ।

उनले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा १० करोड रुपैयाँ राजश्व संकलन भएको र बिभिन्न प्रकारका सवारी साधनहरु ५० हजारको हाराहारीमा दर्ता,नामसारी लगायत भएको पनि जानकारी दिए । 

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको कार्यालयले हाल सवारी साधनसंग सम्बन्धित सबै काम गर्दै आइरहकेो छ यसअघि ने यो कार्यालय वीरगन्जको शाखा कार्यालय वा राजश्व संकलन केन्द्रको रुपमा मात्रै रहदै आएको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०