Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चैत १० देखि साउन ४ गतेसम्म २२१८ जनाद्वारा आत्महत्या

s-1599640592.jpg

नेपालमा बन्दाबन्दीको समयमा २ हजार बढी मानिसले आत्महत्या गरेका छन् । मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कोशिशका अनुसार चैत १० देखि साउन ४ गतेसम्म २ हजार २१८ जनाले आत्महत्या गरेका छन् । आ।व।२०७६र७७ मा ६ हजार २७९ जनाले आत्महत्या गरेका छन् । यो संख्या २०७५र७६ को भन्दा ९।१२५ प्रतिशतले बढी हो । 

जसमा महिलाको तुलनामा पुरुषले धेरै आत्महत्या गरेको तथ्यांकले देखाएको छ । २०७६७७ मा ३ हजार ४१९ पुरुष, २ हजार १९७ जना महिला, ४१० बालिका र २५२ जनाले आत्महत्या गरेका थिए । विश्वमा आत्महत्या रोकथामका लागि हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । 

आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नाराका साथ यो वर्ष पनि विभिन्न जनचेतनामुलक कार्यक्रम भइरहेका छन् । दिवसको पूर्वसन्ध्यामा कोशिशले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा सहभागिहरुले आत्महत्याको कारणलाई पहिचान गरि समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।  

कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले आत्महत्याको कारण पहिल्याएर नीतिगत पहलकदमी लिन पर्ने बताए । प्रहरी पूर्व डिआइजी पिताम्बर अधिकारीले पिडा, समस्या असफलतालाई जोडेर मुक्तिका लागि आत्महत्या रोजिरहेको पाइएकाले सर्वप्रथम व्यक्तिको समस्या समाधानतर्फ लाग्नपर्नेमा जोड दिए। 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०