Wednesday, 19th August, 2026
वि.स.

चीनबाट २० टन युरिया मल आयात

uria-mal-1615188645.jpg

चीनबाट युरिया मल आयात भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो ।

दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिए ।

झिकाइएको मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाण्डौ, ८०० मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने पनि उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif