Tuesday, 25th August, 2026
वि.स.

चिर्पटले हानेर श्रीमानको हत्या

hatya-1593591396.jpg

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिकको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा ज्यान गएको हो ।पारिवारिक विवादको क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हानेको र श्रीमानको ज्यान गएको वडाध्यक्ष जीवन केसीले बताए ।

वडाध्यक्ष केसीका अनुसार, बिहानपख मात्र घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरिएको हो । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि ज्यान गएको हुनसक्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मा बिकलाई नियन्त्रणमा लिइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif