Tuesday, 25th August, 2026
वि.स.

चित्लाङ बाख्रा फार्मले बजेट पायो, प्रदेश अन्तर्गतका अरु छुट्यो किन ? 

cl-Goat-1592282254.jpg

बागमती प्रदेश सरकारले मकवानपुरको चित्लाङमा रहेको बाख्रा विकास फार्मको लागि बजेटको व्यवस्था गरेको जनाएको छ । १ असारमा बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेट भाषणमा फार्म स्तरोन्नतीमा गर्ने जनाइएको छ । फार्ममा भेडा पालन, खरायो पालन शुरु गर्ने उल्लेख छ । 

यद्यपि उक्त फार्ममा भेडापालन असफल भएपछि पछिल्लो समय बाख्रापालनको सुरुवात गर्दै बाख्रा विकास फार्मको रुपमा स्थापित गरिएको हो । बजेट भाषणसंगै कतिपयले उक्त फार्म पुरानै असफलतातिर फर्कन थालेको प्रतिक्रिया दिएका छन् । 

यसैबीच कृषिको उर्वर क्षेत्र र देशकै प्रशिद्ध मानिएको दामन शितोष्ण बागवानी केन्द्रको लागि बागमती प्रदेश सरकारले तोकेरै बजेट व्यवस्था गरेको छैन । यहाँ उत्पादित विउ तथा बेर्ना देशभर जाने गर्छ तर प्रदेश सरकारले वेवास्ता गरेको स्थानीयहरुको भनाइ छ । त्यस्तै प्रदेश सरकारकै मातहतमा रहेको मत्स्य विकास केन्द्र मार्खुलगायतका क्षेत्रमा पनि प्रदेश सरकारले स्पष्ट खुलाई बजेट व्यवस्था गरेको छैन । 

चित्लाङ बाख्रा फार्म, बागवानी केन्द्र, उद्यान, मत्स्य विकास केन्द्र सबै बागमती प्रदेश अन्तर्गतका कार्यालयहरु हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif