Wednesday, 26th August, 2026
वि.स.

चित्लाङ-थानकोट सडक ३ दिनका लागि मात्र खुल्याे !

मकवानपुरको थाहा नगरपालिका हुँदै काठमाडौँ प्रवेश गर्ने निर्माणाधीन चित्लाङ थानकोट सडक (गणेशमान सिंह मार्ग) तीनदिनका लागि खुला गरिएको छ सडक स्तरोन्नतिका क्रममा १९ कात्तिकबाट आवागमन बन्द गरिएकोमा नेपालीको दोश्रो ठूलो चाड तिहारमा काम रोकिएसँगै सर्वसाधारणको आवागमनका लागि खुला गरिएको हो । गणेशमान सिंहमार्गको स्तरोन्नतिका क्रममा मार्गअन्तर्गत चित्लाङ–थानकोट सडक तीन दिन खुला रहनेछ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले कात्तिक ३० गते आइतबारदेखि मङ्सिर २ गते मङगलबारसम्म खुला रहने सडक निर्माण सरकोकार समितिले जनाएको छ । 

समितिका सदस्य रामशरण नेपालले थानकोटतर्फको सेतो पहरामा चट्टान कटिङ लगायतका काम भइरहेको दिए । ३ मङ्सिर विहानबाट काम सुचारु हुने र पुनः आवागमन बन्द हुने भएको छ । गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, कटिङ गर्नेलगायतका काम भइरहेको र सेतो पहरामा कटिङको कार्य भइरहेको छ ।

सडक अन्तर्गत मकवानपुरको चित्लाङतर्फ ट्रयाक निर्माण लगायतका काम सम्पन्न भएकोले आगामी चैत महिनामा कालोपत्रे गर्ने तयारी गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif