Saturday, 22nd August, 2026
वि.स.

दशैलाई चित्लाङ–थानकोट सडक खुल्यो

चित्लाङ–थानकोट सडक खण्डको सवारी आवागमन असोज १३बाट सञ्चालनमा आउने भएको छ ।

पीएसरकिराँतेश्वर जेभी कन्स्ट्रक्सनले यो सडक खण्ड निर्माणको जिम्मा लिए पनि लामो समयदेखि अलपत्र रहँदै आएको थियो । गत जेठमा स्थानीयले सडक निर्माणको काम अवरुद्ध पारेर विरोध जनाएपछि सडक आयोजना कार्यालय, ठेकेदार पक्ष र स्थानीयबीच मंसिरभित्र निर्माण सम्पन्न गर्ने र दशैंमा सडक सञ्चालन गर्ने सहमति भएको थियो । यही पूर्वसहमतिअनुसार, निर्माण भइरहेको सडक दशैंका लागि १३ असोजबाट सञ्चालनमा आउने भएको छ ।

थाहा नगरपालिका–९ का वडाध्यक्ष परशुराम श्रेष्ठले सडक निर्माणको कामले पछिल्लो समय गति लिइरहेको र दशैंका लागि सडक सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । ‘सम्झौता अनुसार तीनपटक बाटो अनुगमन गर्‍यौं, त्यसपछि बाटो निर्माणले गति लिएको छ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘सडकमा विगतभन्दा निकै स्तरीय काम भएको छ ।’

चित्लाङ–थानकोट सडकलाई थाहानगरको मुख्य विकासको मार्ग हो । पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङलाई थानकोटसँग जोड्ने सडकखण्ड निर्माण सम्पन्न नहुँदा चित्लाङसँगै यस आसपासका बासिन्दाले असुविधा झेल्दै आइरहेका छन् ।

सडक निर्माण पछि चित्लाङ, बिसिंखेल, टिस्टुङ, बज्रबाराहीको मात्रै नभएर पालुङमा उत्पादित तरकारी समेत उपत्यकामा पुर्‍याउन र त्यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुनेछ ।

-सुरेश विडारी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif