Monday, 24th August, 2026
वि.स.

चित्लाङ–थानकोट सडकमा जेसीबी दुर्घटना थाहानगरका एकजना गम्भीर घाइते

गणेशमान मार्ग अन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा २२ जेठमा जेसीबी दुर्घटना हुँदा थाहा नगरपालिकाका एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा थाहा–४ का ३२ वर्षिय पूर्णध्वज केसी गम्भीर घाइते भएका हुन् ।

ना १ क ७२९३ नम्बरको जेसीबी दुर्घटना हुँदा गम्भीर घाइते भएका केसीलाई राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचारको लागि पठाइएको थानकोट प्रहरीले जनाएको छ । मकवानपुरको थाहा नगरपालिकाबाट थानकोट तर्फ जाँदै गर्दा जेसीबी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जेसीबीमा रहेका नवलपरासीका २४ वर्षिय अनिल मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif