Saturday, 22nd August, 2026
वि.स.

चित्लाङमा निर्माणाधिन मदन भण्डारी विश्वविद्यालय अन्तर्राष्ट्रिय स्तरको हुने

File-Photo-1582559331.jpg

सरकारले मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा निर्माण थालेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व बिद्यालय अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक हुने जनाएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बसेको बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी बिज्ञान तथा प्रविधि विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन मात्रै नगरी नयाँ प्रविधिको समेत आविष्कार गर्ने बताए ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलमा सांसदहरुले विश्वविद्यालयको नाम, पढाइ हुने बिषय, पदाधिकारी नियुक्तीलगायतका बिषयमा प्रश्न उठाएपछि समितिका सभापति जयपुरी घर्तीले बिधेयकमाथि थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी गराइन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif