Thursday, 2nd July, 2026
वि.स.

चित्लाङमा जंगली बँदेलले उभद्रो मच्चाएपछि किसान रातैभर गस्तीमा

मकवानपुर जिल्लाको थाहा वडा नम्बर ९ चित्लाङमा किसानले लगाएको बाली जंगली बँदेलको बथानले खानथालेपछि कृषकहरु चिन्तित भएकाछन् । थाहा–९ माझगाउँका करिब ४५ किसान परिवारले लगाएको मक, कोदोलगायतको बाली बँदेलले खाने र काट्नथालेपछि किसानहरु चिन्तित भएका हुन् । 

किसानहरुले लगाएको बालीमा जंगली बँदेल पसेर भसक्कै पारेको छ । किसानको बारीमा गाउँनजिकै रहेको मिलनचोक सामुदायिक वनबाट रातको समयमा बँदेल आएर खाने गरेको स्थानीय किसानहरु बताउँछन् । बँदेलले भर्खर लगाएको धान बालीमा समेत मनै थाम्न नसक्ने गरी असर पु¥याएको स्थानीय कृषक माया लक्ष्मी बलामीले बताइन् । ‘पहिले–पहिले बँदेल गाउँदेखि टाढाका बारीमा मात्र आउथ्यो, अहिले त गाउँको नजिकको बारीमै आएर बालीनाली नष्ट पार्न थाल्यो’– चिन्तित हुँदै कृषक बलामीले दुखेसो पोखिन् । जंगली जनावरले दुख दिनथालेपछि बारी बाझो राख्नुको  विकल्प नभएको उनको भनाइ थियो । वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि निकै समस्या हुन थालेको बलामीले बताइन् ।

पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको थाहा–९ माझगाउँका सुरेश बलामीले जानकारी दिए । उनले भने, ‘बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारीहरु बाँझो हुन थालेका  छन् ।’ पहिले पहिले बँदेल गाउँ पस्दैनथ्यो, अहिले त रातमा बथानै आएर उभद्रो मच्चाउँछ, उनले भने । 

बारी लगाएको बालीमा बँदेलले खाएर काटेर बिगानृ थालेपछि स्थानीय कृषकहरु मनिस बलामी, सन्जीव बलामी, शनिश बलामी, विकास बलामी, सुरेश बलामी, उमेश बलामी, काशीराम बलामीलगायत रातैभरी बँदेल गस्ती गर्छन् । यसरी रातैभरी कुर्दा पनि बँदेलले बाली खान नछोडेको उनीहरुको गुनासो छ । जंगली जनावरले बाली खाएर असर पु¥याएकोमा सम्बन्धीत निकायले ध्यान दिइनू पर्ने किसानहरुको भनाइ छ । 

  • राजन बलामी चित्लाङ (प्रशिक्षार्थी)


https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०