Wednesday, 26th August, 2026
वि.स.

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

parau-new-1608969332.jpg

 चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा डोटी जिल्ला जोरायल गाउपालिका ४ बस्ने बर्ष ३१ का किरन पुन,डोटी आदर्श गाउपालिका ५ लामीखाल बस्ने बर्ष ३५ का बिर बहादुर धामी र सोही ठाँउ बस्ने बर्ष २२ का योगेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । 

यहि महिनाको १० गते कैलालीको गोदावरी नगपालिका २ अत्तरिया बजारमा चितुवाको छाला र हड्डी कारोबार भईरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले अत्तरियास्थित मिट प्वाईन्ट होटलबाट पक्राउ गरेको उनले बताए । 

होटलमा किरन पुनलाई चितुवाको छाला थान १ हड्डी थान २ सहित प्रकाउ गरी अनुसन्धान गर्दा अन्य संलग्न २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

पक्राउ परेकालाई आबश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय धनगढी कैलाली पठाएको प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif