Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चितवनबाट सप्तरी पुगेका थिए कोरोना संक्रमित युवक

corona1-1589190034.jpg

सोमबार थपिएका सप्तरीका कोरोना संक्रमित युवक चितवनबाट घर पुगेको खुलेको छ। डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहका अनुसार २० दिन अघि युवक चितवनबाट सप्तरी पुगेका हुन्।

१८ वर्षीय ती युवक १४ जनाको टोलीसहित चितवनबाट ट्रकमा सप्तरी पुगेको वडा नम्बर ३ का अध्यक्ष प्रदीप कुमार साहले बताए। उनका अनुसार संक्रमित युवक १४ जनाको टोलीसहित सप्तरी आएका थिए।

‘उहाँहरूले मलाई फोन गर्नुभएको थियो। चितवनबाट आएको हो परीक्षण गर्नुपर्छ कि पर्दैन भनेर सोध्नुभयो। त्यसपछि हामीले सबैलाई क्वारेन्टाइनमा पठायौं,’ उनले भने।

क्वारेन्टाइनको बसाइपछि उनीहरूको र्‍यापिड टेस्ट गरिएको थियो। टेस्टमा नेगेटिभ नतिजा देखिएपछि सबैलाई आ आफ्नो घर पठाइएको मेयर साहले बताए। ‘आरडिटी नेगेटिभ देखिएपछि दुईदिन अघि सबैलाई घर पठायौं। अहिले पिसिआर परीक्षणमा एकजनाको पोजेटिभ आयो,’ उनले भने।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो। संक्रमित युवकले आफू चितवनमा मजदुरी गर्ने गरेको नगरपालिकालाई बताएका छन्।

टोलीमा रहेका अन्य १३ जना पनि मजदुरी नै गर्ने गरेको बुझिएको छ। वडाध्यक्ष साहलाई संक्रमित युवकले आफू चितवनमा घर बनाउने काम गर्ने गरेको सुनाएका थिए।

अहिले युवकलाई राजविराजको गजेन्द्र नारायण अञ्चल अस्पतालमा ल्याउने तयारी गरिएको छ। ‘राजविराजमा ल्याएपछि विरानगर पठाउने वा नपठाउने टुंगो हुन्छ,’ मेयर साहले भने।

प्रदेश १ मा देखिएका सबै कोरोना संक्रमितको विराटनगरको कोसी अस्पतालमा उपचार हुँदै आएको छ। आज थपिएका ११ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। ३३ जना निको भएका छन्। जसमा ३ जना पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०