nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चाैथाे थाहा महाेत्सव आगामी १४ मंसिरदेखि

IMG_20231018_082925-1697597202.jpg

थाहानगर उद्योग वाणिज्य संघले आगामी मंसिर १४ गतेदेखि थाहा महोत्सव आयोजना गर्ने भएको छ । थाहानगर उवासंका अध्यक्ष पुरुषोत्तम ढकालका अनुसार स्थानीयस्तरमा उत्पादिन बस्तु बजारीकरण गर्ने र उत्पादक तथा उपभोक्ताबीच सीधा सम्पर्क गर्न महोत्सव आयोजना गरिएको हो ।

आर्थिक मन्दीका कारण समस्यामा रहेको अवस्थामा महोत्सव संचालन गरी आर्थिक गतिशीलता बढाउने पनि महोत्सवको लक्ष रहेको बताइएको छ । गत महिनामा भएको थाहानगर उवासंघको आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट नेतृत्वमा आएका ढकालले थाहा महोत्सबलाई बिगतका वर्षमा गरिएका मेला/महोत्सव भन्दा केही नयाँपन थप्ने तयारी भइरहेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष शम्भुसिं कार्कीका अनुसार मंसिर १४ गतेदेखि २५ गतेसम्म थाहा महोत्सव गर्ने तयारी भएको हो । यसका लागि संघले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महोत्सवका लागि स्वीकृति लिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिका, आन्तरिक राजश्व कार्यालय, स्थानीय सुरक्षा निकायसँग समन्वय गरी चौथो थाहा महोत्सव २०८० संचालन गर्न अनुमति दिएको बरिष्ठ उपाध्यक्ष कार्कीले बताए ।

कृषि, पर्यटनको विकास र बिस्तारका लागि थाहा महोत्सव गर्न लागिएको कार्कीले जानकारी दिएका छन् । थाहा नगरपालिका महाभारत श्रृंखलाको मध्य भागमा उपत्यकाको रुपमा रहेको छ । यो नगरक्षेत्रको उच्चभागमा रहेको दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढी उच्चहिमशिखरको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।

आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिकस्थल, जैविकविविधता जस्ता सम्पदा रहेका कारण थाहानगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्न सकिने ठूलो संभावना रहेको छ । उर्वर कृषिभूमि यस क्षेत्रको अर्को प्राकृतिक वरदान हो । यस क्षेत्रका किसानले वार्षिक २ अर्व रुपैयाँ भन्दा बढीको बेमौसमी तरकारी देशका प्रमुख सहर र छिमेकी देश भारतमा निर्यात गर्दछन् । मुलुकको सवै भन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यो नगरको करिव बीच भागबाट चिर्दे तराई र नेपालको राजधानी काठमाडौं जोडेको छ ।