Tuesday, 25th August, 2026
वि.स.

चार महिनापछि थाहानगर दामनका होटलहरु खुल्न थाले

Barilai-1596380853.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटलहरु ४ महिनाको बन्दाबन्दीपछि खुल्न थालेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटलहरु आजबाट औपचारिक रुपमा खुलेको थाहा होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए ।

सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटलहरु भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५  गतेबाट मात्र संचालनमा ल्याउन सकिने निर्णय गरेअनुसार दामनका होटलहरु खुलेका हुन् । थाहा होटल एसोसिएसनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एसोसिएसनमा आवद्ध होटलहरु स्वास्थ्य सुरक्षा अपनाएर पुनः संचालनमा ल्याउने निर्णय गरेको थियो ।

वर्षा याम भएको र अझै लामो दूरीका सवारी संचालनमा नआएका कारण अपेक्षाकृत पर्यटकहरुको संख्या कम हुने भए पनि आन्तरिक पर्यटनमा सहयोग पु¥याउन होटलहरु पुनः संचालनमा ल्याइएको एसोसिएसनका महासचिब उकेशचन्द्र केसीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif