Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

४८ किलो चरेश बिक्रिको आरोपमा थाहानगरका एकजना पक्राउ

इलाका प्रहरी कार्यालय पालुङले लागू औषध चरेशको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । चरेश बिक्रि गरेको आरोपमा थाहा नगरपालिका वडा नम्बर ११ का सितलाल लामालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक बेल बहादुर राउतको कमाण्डामा खटी गएको प्रहरी टोलीले लामालाई घरबाटै पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा बुझाइएको पालुङ प्रहरीले बताएको छ । 

वि।सं। २०७३ साल फागुन ११ गते हेटौंडा उपमहानगरपालिका १७ रातोमाटे स्थित चेक पोवाईन्टमा प्रहरी टोलीले हेटौडाबाट बिरगंज तर्फ जान आएको ज्च्द्दज्ञज्ञघढघद्द नं।को भारतीय गाडी चेक जाँच गर्ने क्रममा ४८ किलो चरेश बरामद भएको थियो । बरामद गरिएको चरेश लिएर गएका पर्सा विरगञ्ज १९ का प्रमात्मा गोसाई, सोही ठाउँका अनिल स्वामी र भारतको हरियाना बस्ने नरेश कुमार राम समेतलाई अनुसन्धान गर्दा लामाको घरबाट चरेश खरिद गरेको बयानको आधारमा उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए ।