nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चन्द्रागिरी सडक सुधार्न उत्तरी मकवानपुरका नेताहरुले प्रधानमन्त्री भेटे

IMG_20240117_193615-1705499733.jpg

मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बर्तोलाले गणेशमान सिंह  मार्गकाे  चन्द्रागिरी-थानकाेट सडक स्तराेन्नतिकाे लागि उत्तरी मकवानपुरका प्रमुख नेताहरुसँग समन्वय शुरु गरेका छन् । पार्टीहरु जस-अपजसमा अल्झिने तर सडककाे समस्या झन्-झन् बल्झिने भइरहेकाेमा सांसद बर्ताैलाले  एकिकृत प्रयासको थालनी गरेका हुन् ।

३ माघमा सांसद बर्तोलासहित पूर्व सांसद रमनारायण विडारी, संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरी, नेपाली काँग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख बिष्णुबहादुर विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचिव रामकृष्ण बस्नेत लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यसै वर्ष रु. १० करोड बजेट माग गरेका छन् ।

टोलीका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डसँग रु. ४० करोड बराबरको श्रोत सुनिश्चित गराउन अनुरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आफूलाई चित्लाङ सडकको विषयमा जानकारी रहेको बताउदै सरकारले आवस्यक बजेट उपलव्ध गराउनेमा निश्चिन्त रहन आग्रह गरेकाे  सांसद बर्तौलाका सचिवालयका आशिष अस्लामीले बताए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)