Wednesday, 19th August, 2026
वि.स.

चन्द्रागिरिमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

accident-new-1610704427.jpg

चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा मत्यु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले बताए ।

चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।

उनको उपचारको क्रममा ओम समाज अस्पतालमा निधन भएपछि मृतकका आफन्तले कंलकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका थिए । विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif