Tuesday, 25th August, 2026
वि.स.

चट्याङबाट एकको मृत्यु, तीन घाइते

chatyang-1598515046.jpg

कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

 चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की रहेका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif