Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चक्कुले हानेर युवकको हत्या

hatya-1597483283.jpg

काठमाडौंको टोखा नगरपालिका–९, मा चक्कुले हानेर एक युवकको हत्या भएको छ । गोङ्गबु बसपार्कनजिकै दीपज्योतिमा शुक्रबार राति चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई शनिबार बिहान माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको हो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०