Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

घुस लिने स्वास्थ्य बिभागका उपमहानिर्देशक पक्राउ

Swasthya-1500943328.jpg

स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह घुससहित पक्राउ परेका छन् । उनलाई कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको अख्तियार स्रोतले बतायो । कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।