Tuesday, 18th August, 2026
वि.स.

घुस लिएको आरोपमा मकवानपुरका सवइन्जिनियर पक्राउ

a-1614938731.jpg

घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका छन् सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सवइन्जिनियर लामिछानेले निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कार्यालय परिसरबाटै पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको प्रवक्ता रिसालले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif