Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

घुससहित वन उपभोक्ता समूहका दुई कोषाध्यक्ष पक्राउ

ghus-1591348256.jpg

सिन्धुलीका दुईवटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीनपाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष मिनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार घोलेको साथबाट ३ लाख र रानाको साथबाट ३० हजार पाँच सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो । 

दुबै समुहका कोषाध्यक्षले तीनपाटन गाउँपालिका १० मा सेवाग्राहीले सञ्चालन गरेको एक कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको ९ मा लैजान दिने भनी तीन लाख ३० हजार पाँच सय रुपैयाँ रकम लिएका थिए । 

सूचनाका अधारमा इलाका प्रहरी कार्यालय डकाहाको टोलीले तीनपाटन गाउँपालिका १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट घुस रकमसहित घोले र रानालाई नियन्त्रणमा लिइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासमा लगिएको प्रवक्ता कोइरालाले जनाए ।घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०