Saturday, 22nd August, 2026
वि.स.

गौतम बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा 

शम्भु अधिकारी/थाहा टाइम्स

थाहा नगरपालिकाको शिखरकोटमा रहेको गौतम बचत तथा ऋृण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ मकवानपुरका कोषाध्यक्ष विमल कुमार ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजेश केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कुण्डलदेबी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवसथापक राजन मिश्र, पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोकर्ण बरुवाल, फरक सोचका अध्यक्ष यादब जंग रायमाझी लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

साधारण सभा संस्थाकी अध्यक्ष उर्मिला भट्टको सभाध्यक्षतामा भएको थियो । सभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन तथा अध्यक्षको आगामि निति तथा कार्यक्रम पारित गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif