Tuesday, 25th August, 2026
वि.स.

गैसस मकवानपुरका अध्यक्ष धितालको परिवार सवारी दुर्घटनामा, श्रीमतीको मृत्यु, चारजना गम्भिर

Accident-1593443159.jpg

गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष एवं राडो नेपालका कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटना उनको श्रीमतीको ज्यान गएको छ ।  

दुर्घटनामा धितालसहित ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार साँझ ६ बजे भएको दुर्घटनामा हेटौडा-५ बस्ने बर्ष ४८ की प्रभा गौतमको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । 
दुर्घटनामा घाईते ५३ बर्षको कृष्ण धिताल, बर्ष २७ की बर्षा धिताल, बर्ष ४५ को स्कारपियो चालक राजन घिमिरे र बर्ष २५ को अनुज धिताल घाइते भएका छन् । घाइते मध्ये अनुज धिताल गम्भीर अवस्था रहेको जनाईएको छ ।

घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवन भरतपुर १९ सत्र किलोस्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको एनएल ०१ क्यु ५१०६ नम्बरको  ग्यास बुलेट एक आपसमा ठक्कर खाएको थियो  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif