Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

covide-1599724069.jpg

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्षण देखिएपछि कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए ।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “उच्च मनोबलका साथ तातो पानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।”

अध्यक्षलाई सङ्क्रमण देखिन वित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए ।

करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनी आफै क्वारेन्टिन र आइसोलेसनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनले आइसोलेसनका सङ्क्रमितलाई योगा अभ्याससमेत सिकाउथे ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०