Friday, 21st August, 2026
वि.स.

गति मापक यन्त्र “राडर गन” मार्फत हेटौँडामा सवारीको जाँच सुरु 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले “ओभर स्पिड” गर्ने सबारी चालकलाई कारबाही सुुरु गरेको छ । प्रहरीले हेटौँडामा गति मापक यन्त्र “राडर गन” मार्फत सवारीको जाँच सुरु गरेको हो ।

अत्याधिक गतिको कारण दुर्घटना बढेपछि हेटौँडामा पहिलो पटक “राडर गन” मार्फत सवारी जाँच सुरु भएको हो । हेटौँडामा पछिल्लो केहि महिनाबाट दुर्घटनाको संख्यामा बृद्धि भएको अवस्थामा प्रहरीले यस्तो अभियान सुरु गरेको हो । हिजोबाट सुरु भएको अभियानको क्रममा आठ वटा सबारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रकुमार ठाकुरले जानकारी दिए । सबारी चालकहरुले सडकमा राखेको सूचनाहरुलाई वेवास्ता गर्दै अत्याधिक तिब्र गतिमा सबारी हाँक्दा दुर्घटनाको उच्च जोखिम बढेको भन्दै यस्तो अभियान सञ्चालन गरेको उनको भनाई रहेको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेको महेन्द्र राजमार्ग सहितको अन्य राजमार्गहरुमा यो अभियान सुरु गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif