Tuesday, 25th August, 2026
वि.स.

खोलाले बगाउदा एकजनाको मृत्यु

badhi123-1594445991.jpg

 निरन्तर वर्षा सँगै आएको बाढी पहिरोको कारण नेपालमा जनधनको क्षति हुने क्रम रोकिएको छैन । यसैक्रममा चितवनको माडीमा खोलाले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा शव भेटिएको हो ।

यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif