Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

खैरो हिरोइनसहित दुईजना पक्राउ

123-1592457686.jpg

कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०.६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए ।

उनका अनुसार दुवै जनालाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बेलौरी नगरपालिका–८ स्थित नेपाल भारत सीमास्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर सोधपुछ र अनुसन्धानको कार्य भइरहेको इप्रकाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०