Sunday, 23rd August, 2026
वि.स.

खुकुरी सहित हेटौंडाबाट दुईजना पक्राउ

khukuri-1590911965.jpg

 कारमा लुकाइराखेको खुकुरी सहित हेटौंडाबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले कारमा लुकाई राखेको खुकुरीसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१० का ३४ बर्षीय रोज थापा मगर र हेटौंडा–४ का ३६ बर्षीय सुमन लामा लोप्चन रहेका छन् । वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले बा १६ च ३७२९ नम्बरको कारमा लुकाई राखेको एक थान खुकुरीसहित उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

उनीहरुबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०