Tuesday, 25th August, 2026
वि.स.

खाली सिलिण्डरको मूल्य तोकियो

lpg-1600407286.jpg

नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने  खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु दुई हजार एक सय तोकिएको हो ।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ । संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif