Tuesday, 25th August, 2026
वि.स.

क्वारेन्टाइनमा बसेका एक जनाले गरे आत्महत्या

suc-1592377084.jpg

अर्घाखाँचीमा कोरोना परीक्षण गर्दा आरडिटीमा पोजेटिभ देखिएका एक जनाले आत्महत्या गरेका छन्।

जिल्लाको शितगंगा ५ गल्दा हरि माबिको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय चित्रेबारीका ४५ वर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको स्थानियले जनाएका छन्। उनी जेठ १० गते भारतबाट आएर स्थानीयतहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडिटी परीक्षण गरिएको थियो।

उनको आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ। तर मृतकको पिसिआर रिपोर्ट आएको छैन्। आरडिटी पोजेटिभ देखिएका ३ जना एउटै कोठामा क्वारेन्टाइनमा बस्दै आएका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif