Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

क्रियाशील पत्रकार महिला मकवानपुरको अध्यक्षमा कार्की चयन

क्रियाशिल पत्रकार महिला मकवानपुरको अध्यक्षमा रेश्मी कार्की चयन भएकी छिन् । क्रियाशिल पत्रकार महिलाको तेस्रो साधारण सभाबाट कार्की अध्यक्षमा चयन भएकी हुन् । सभाले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

कार्यसमितिको उपाध्यक्षमा शुभलक्ष्मी विश्वकर्मा, सचिवमा भावना रिजाल श्रेष्ठ, कोषध्यक्षमा आरती ढकाललाई चयन गरेको हो ।यस्तै सदस्यहरुमा प्रिया पौडेल, सम्झना रिजाल, रुपा गुरुङ, मीना श्रेष्ठ, शान्ति सेञ्चुरी,शोभा कुमारी बराल र सुनु थिङ चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार सम्झना कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।