Monday, 24th August, 2026
वि.स.

कोरोना संक्रमित हुने पत्रकारको संख्या ४ पुग्यो

patrakar-1589620954.jpg

उदयपुरका एक पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमित हुने सञ्चारकर्मीको संख्या ४ पुगेको छ। यसअघि पर्साको २ र धनुषाका एक सञ्चारकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

शुक्रबार संक्रमण पुष्टि भएका उदयपुर त्रियुगाका पुरुष सञ्चारकर्मी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। उहाँको सम्पर्कमा आएकाको पहिचान भइरहेको जानकारी दिइएको छ।

उदयपुरमा कोरोना संक्रमणको संख्या ३३ पुगेको छ। सुरुमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरीमस्जिद क्षेत्रमा देखिएको संक्रमण सदरमुकाम गाईघाट फैलिन थालेको देखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif