Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना संक्रमितका लागि थाहानगरमै हाइकेयर रुम संचालन

IMGL0794-1597326723.JPG

संभावित कोरोना संक्रमितहरुका लागि व्यवस्थित क्वारेन्टिन सेवा प्रवाह गरिरहेको थाहा नगरपालिकाले कोरोना पुष्टि भएकाहरुका लागि २९ साउनबाटै हाइकेयर रुम संचालनमा ल्याएको छ । थाहा नगरको ओम अध्याय रिसोर्टको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना भेटिएपछि उनीहरुलाई २९ साउन बेलुकी हाइ केयर रुममा स्थान्तरण गरिएको छ । 

२४ सै घण्टा डाक्टरको सेवा उपलब्ध हुने गरी ओम अध्ययाय रिसोर्टमा हाइ केयर रुम संचालनमा ल्याइएको थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । यसअघि कोरोना पुष्टि भएका संक्रमितहरुलाई एम्बुलेन्समा राखेर हेटौंडास्थित आइसोलेसन वार्डमा पठाउने गरिएको थियो । ओम अध्यायमा ५ वटा हाइकेयर रुम तयारी अवस्थामा राखिएको छ भने २० वटा नर्मल क्वारेन्टिन रुम रहेका छन् । 

थाहा नगरको क्वारेन्टाइनमा बसेर स्वाब परीक्षण गर्दा कोरोना पोजिटभ भेटिएका दुबै जनामा कुनै लक्षण देखिएको छैन । कोरोना पुष्टि भए पनि उनीहरुमा कुनै लक्षण नदेखिएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०