Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना संक्रमतिको सम्पर्कमा रहेका थाहानगरका १० जनाको रिपोर्ट नेगेटिभ

corona-Update-1593840191.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन शीतभण्डारका एकजना कामदारमा कोरोना पुष्टिसंगै गरिएको कन्ट्याक ट्रेसिङमा रहेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

शीतभण्डारका एक पुरुष कामदारको पिसिआर रिपोर्ट पोजेटिभ आएसंगै उनीसंग भेटघाट भएका स्थानीय ५ जनाको स्वाब संकलन गरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडमा पिसिआर परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । 

त्यस्तै उनको सम्पर्कमा रहेका शीतभण्डारकै अरु ५ जना क्वारेन्टिनबाट डिस्टचार्ज भएका छन् । उनीहरुलाई क्वरेन्टिनमा राखी स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकोले डिस्टचार्ज गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

शीतभण्डारमा काम गर्ने एक पुरुषलाई १५ असारमा कोभिड–१९ भएको पुष्टि भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०