Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना संक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु

dfc-1597822086.jpg

कोरोना संक्रमणका कारण हेटौंडा उपमहानगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । हेटौंडा–१ चौकीटोल बस्ने ६१ वर्षीय पुरूषको मृत्यु भएको हो । 

उनको मंगलबार राति घरमै मृत्यु भएको हेटौंडा उपमहानगरपालिका कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा कर्रा आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । लामो समयदेखि घरमै बस्दै आएका उनी दीर्घरोगी थिए । उनको कुनै ट्राभल हिस्ट्री भने छैन।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा गम्भीर समस्या आएपछि कोरोना परीक्षणको लागि उनको स्वाब सोमबार नै संकलन गरिएको थियो ।

परीक्षण रिपोर्ट भने आज बिहान मात्रै आएको आइसोलेसनका इञ्चार्ज चौलागाईंले बताए । ती व्यक्तिको मृत्यु भएको खबर पाउना साथ प्रयोगशालाले उनको स्वाब परीक्षण गरेको जनाइएको छ ।

‘स्वाब सोमबार नै दिइए पनि परीक्षण भने भएको थिएन । मृत्यु भएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ’, चौलागाईंले भने ।

उनलाई कहाँ र कसरी कोरोना संक्रमण भएको भन्ने खुलिसकेको छैन । ‘उहाँ घरमै बस्नुभएको रहेछ । मृत्यु हुनुअघि हिँड्डुल गराउन दोस्रो व्यक्तिको साहारा चाहिने रहेछ । घरमै बसिरहे पनि कोरोना कसरी लाग्यो यो विषयमा हामीले बुझ्दैछौँ’, चौलागाईंले भने ।  

हेटौंडामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । हेटौंडाका ती व्यक्तिसहित बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०