Tuesday, 25th August, 2026
वि.स.

कोरोना संक्रमणबाट पूर्व मेयरको मृत्यु

123-1597212935.jpg

 जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना संक्रमणबाट मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ ।

७३ बर्षिय गिरी १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । गिरी २०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif