Sunday, 23rd August, 2026
वि.स.

कोरोना संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

covide-1589954813.jpg

कोरोना पोजिटिभ देखिएका गुल्मीको मदाने गाउँपालिका( १ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएका थिए।

उपचारको क्रममा अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रदेश(५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेका छन्। संक्रमितको पारिवारिक स्रोतले समेत उनको मृत्यु भएको पुष्टि गरेका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। 

श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको थियो। उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ देखिएको हो। फोक्सोमा समस्या भएपछि उनलाई कृतिम श्वावप्रश्वास दिएर राखिएको थियो।

यस अगाडि बाँके र सिन्धुपाल्चोकमा एकरएक जनाको कोरोनाको कारण मृत्यु भएको थियो।

अन्नपुर्णबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०