Tuesday, 25th August, 2026
वि.स.

कोरोना संक्रमणबाट आज थप १० को मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

corona-death-1601205311.jpg

नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif