Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना भ्रम र हल्ला चिर्न जरुरी– प्रमुख खुलाल

8-(3)-1599143648.jpg

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) का बारेको भ्रम र हल्लालाई चिर्न जरुरी रहेको बताएका छन् ।  १८ भाद्रमा हेटौंडा ८ नम्बर वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, वडाको स्वास्थय प्रमुखलगायतसंगको छलफलका क्रममा उहाँले कोरोना बिरुद्धमा समुदायमा फैलिएको भ्रम र यथार्थका बारेमा समुदायमा सबैलाई जानकारी हुनुपर्ने बताए । 

प्रमुख खुलालले “कोरोना भाइरस केहि पनि होईन भन्ने पनी हैन र यसले सबै सक्किन्छ भन्ने पनि हैन” भन्ने कुरा समुदायलाई यथार्थ जानकारी दिन र जनचेतना फैलाउन जरुरी रहेको बताए । उनले स्वास्थय सुरक्षाका मापदण्डको पालना गर्दै जनजीवन सामान्य बनाउँदै लाने कुरामा वडा अध्यक्षको नेतृत्वमा गठित समितले सकृय रुपमा काम गर्नुपर्नेमा जोड दिए ।  समुदायलाई सकारात्मक बनाउन वडा स्तरीय समितिले आवश्यकत्ता अनुसार टोल विकास संस्थालगायत वडामा रहेका क्लबहरुको सहयोगमा प्रभावकारी काम गर्नुपर्ने उनको भनाई थियो ।  उनले कन्ट्रयाक्ट टे«ेसिङ, अनुगमन, आवश्यक निर्देश्न दिने वा बन्द समेत गर्न सक्ने अधिकार वडा स्तरीय समितिलाई रहेकाले उक्त समितिले प्रभावकारी काम गर्नुपर्ने उनले बताए  । समुदायमा कोरोना फैलिएमा बृद्धबृद्धा र कमजोर मानिसलाई बढी आक्रमण गर्ने हुँदा त्यस्ता मानिसलाई जोगाउनु पर्ने उनले बताए ।  

उनले यस्तो अवस्थामा राजनैतिक दलले आफ्नो कार्यकर्ता परिचालन गरेर सचेतना फैलाउने काममा राजनैतिक दलहरु चुकेको भन्दै कोरोना बिरुद्धमा जनचेतना फैलाउने र सचेत बनाउने कुरामा टोलविकास संस्था र राजनैतिक कार्यकर्ता परिचालन हुन जरुरी रहेको बताए । उनले जनचेतना जगाउने र स्वास्थ सुरक्षाका मापदण्ड पालना गराउन प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।  छलफलका क्रममा ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठले वडामा टोल विकास संस्थालाई परिचालन गरेर सक्दो प्रभावकारी काम गर्ने प्रयास गरेको बताए । उनले हालसम्म वडामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये २३ जना स्थानीय रहेको तथा बाँकी बाहिरबाट आएकाहरु रहेको जानकारी दिए ।  छलफलमा जिल्ला समन्वय समितिकी सदस्य गणेश कुमारी प्रधान, निर्वाचित वडा सदस्यहरु, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष बिष्णु अर्याल, वडाका राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०