Saturday, 22nd August, 2026
वि.स.

कोरोना भाइरसः नेपालमा ६१० नमूना परीक्षण, दुईमा संक्रमण

Nepal-002-1585066439.jpg

स्वास्थ्य मन्त्रालयले कोरोना (कोभिड–१९) भाइरसबारे जानकारी दिन सामाजिक सञ्जाल भाइबरमा कम्युनिटी सुरु गरेको छ । MoHP Nepal COVID-19 नामक कम्युनिटीमा भाइरसबारे जानकारीमूलक सूचना, सरकारका निर्णय, चेतनामुलक भिडियो लगायत अपलोड गरिएको छ ।

यसमा राखिएको विवरणअनुसार सोमबारसम्म कोरोना भाइरसको आशंकामा नेपालभर ६१० वटा नमूना परीक्षण भएको छ । तीमध्ये दुई वटामा कारोनाको संक्रमण देखिएको छ ।

एक जनाको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने अर्का संक्रमित निको भइसकेका छन् । हालसम्म कोभिड–१९ का कारण विश्वभरका १ सय ८९ मुलुक प्रभावित भएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले एक साताको लकडाउन घोषणा गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif