Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना नियन्त्रण सम्बन्धी अन्तरक्रिया

ttt-1597316470.jpg

समुदायमा फैलिन सक्ने भन्दै कोभिड—१९ (कोरोना भाइरस) नियन्त्रण तथा रोकथामका उपायका विषयमा बिहीबार थाहानगरमा छलफल भएको छ ।
थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलले त्रिभुवन राजपथ भई संचालन हुने सवारीसाधन, पदल यात्रुलगायतमा सचेतना फैलिनु आवश्यक रहेको निष्कर्ष निकालेको छ । संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा भएको छलफलमा थाहा नगरपालिका प्रमुख लवशेर विष्टले नगरमा कोरोनाको जोखिम बढेको प्रति चिन्ता व्यक्त गर्दै आइसोलेशन खोल्ने तयारी भइरहेको समेत बताए । छलफलमा नगर उपप्रमुख खड्ग गोपालीले हरेर नागरिक सचेत भएमात्र जोखिमको न्यूनिकरण हुने बताए ।

छलफलमा इप्रका पालुङका प्रहरी निरीक्षक विकास तमाङले केहि दिनबाट सचेतना अन्तर्गत ‘खोइ मास्क’ कार्यक्रम लागू गर्ने तयारी गरिरहेको बताए । छलफलमा थाहानगर उद्योग वाणिज्य संघ, स्थानीय सरकार प्रमुख, प्रशासनलगायतका प्रमुखहरुको उपस्थिति थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०