Wednesday, 29th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना जित्नेको संख्या २ हजार १४२ पुग्यो

gautam-1592823619.jpg

सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा।जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ।मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार
१०३ जनाको नमुना परीक्षण गरिएको छ ।
 
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८  र  आरडीटी विधिबाट ५ हजार ९२९ जनाको नमुना परीक्षण गरिएको छ  ।मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ।

यस्तै सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा।गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०