Tuesday, 25th August, 2026
वि.स.

कोरोना उपचारको लागि प्रयोग भैरहेको औषधि नेपालमै उत्पादन सुरु

Okhatee-1600855652.jpg

विश्वभरी कोरोना उपचारमा प्रयोग भैरहेको फाविपिराविर-२०० औषधि नेपालमा पनि उत्पादन सुरु भएको छ। नेपाली औषधि कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन सुरु गरेको हो। यो औषधि नेपालमै पहिलो पटक उत्पादन शुरु गरी उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ।

‘फाविपिराविर एन्टीभाइरल औषधिलाई विश्वका धेरैे मुलुकहरुले कोभिड–१९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेका छन्। हालसम्म फाविपिराविर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागी बिरामीलाई अत्याबश्यक भए प्रयोग गर्न अनुमती प्रदान गरीसकेका छन्। नेपालीको उपचारमा पनि सहयोग हुने हुनाले उत्पादन गरिएको छ’ कम्पनीले प्रेस विज्ञप्ती जारी भनेको छ।

अगाडि भनिएको छ, ‘कम्पनीेले आफ्नो दायित्व बोधगरि कोभिड–१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक यो औषधि उत्पादन सुरु गरिसकेको छ।’

कोभिड–१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट मितिः २०७७/०६/०६ मा स्विकृति प्राप्त कम्पनीले जानाकारी दिएको हो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif