Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना अस्पतालमा भारतीय व्यवसायीको मृत्यु

corona-death-1595743983.jpg

 नारायणी अस्थाई कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । शनिबार गरिएको आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी छ । 

वीरगन्जको आर्दशनगरस्थित रुंगटा मार्केटमा पसल व्यवसाय गरिरहेका ६५ वर्षीय भारतीय नागरिकको आइतबार बिहान मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले बताए ।

डा.सिंहका अनुसार उनी मुटु रोगी थिए भने मधुमेहले समेत पीडित थिए । शनिबार दिउँसो ज्वरो, खोकी, स्वासप्रस्वाशमा समस्या लिएर उनी नारायणी अस्पतालको आकस्मिक विभागमा आएका थिए । ‘आकस्मिक कक्षमै उनको आरडीटी परीक्षण गरियो, पोजिटिभ आएपछि स्वाब संकलन गरि राति करिब ८ बजे कोरोना अस्पताल रेफर गरिएको थियो ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०